पाकिस्तान निर्वाचन: स्वतन्त्र उम्मेदवार १०१, पीएमएल–एन ७५ र पीपीपी ५४ सिटमा विजयी – Janadesh Daily | ePaper

पाकिस्तान निर्वाचन: स्वतन्त्र उम्मेदवार १०१, पीएमएल–एन ७५ र पीपीपी ५४ सिटमा विजयी


पाकिस्तानको निर्वाचन आयोगले सन् २०२४ को फेब्रुअरी ८ मा सम्पन्न आम निर्वाचनको पूर्ण परिणाम आइतबार सार्वजनिक गरेको छ ।

पाकिस्तानको नेशनल एसेम्ब्ली ९राष्ट्रिय सभा० का लागि घोषित निर्वाचन परिणामअनुसार स्वतन्त्र उम्मेदवारले १०१, पूर्वप्रधानमन्त्री नवाज सरिफको पाकिस्तान मुस्लिम लिग–नवाजले ७५ र पूर्व विदेशमन्त्री बिलावल भुट्टो जरदारीले ५४ सिट प्राप्त गरेका छन् ।

निर्वाचन परिणाममा व्यापक धाँधली भएको आरोप लगाउँदै प्रर्व प्रधानमन्त्री खानको पीटीआईले आइतबार देशव्यापी विरोध प्रदर्शनको घोषणा गरेको छ ।

परिणाममा लामो ढिलाइपछि सैन्य प्रतिष्ठानले मतदानमा धाँधली गरेको आरोप पीटीआई नेताहरूले लगाएका हुन् ।

सेनाको समर्थन रहेको भनिएको पीएमएल–एनले सबैभन्दा बढी सिट प्राप्त गर्ने पार्टीको रूपमा विजयको घोषणा गरेको छ । तीन पटकका पूर्वप्रधानमन्त्री नवाज सरिफले स्थापना गरेको पार्टीले सरकार गठनका लागि प्रतिद्वन्द्वी र स्वतन्त्र उम्मेदवारसँग सम्झौता गर्न बाध्य हुने देखिएको छ ।

पाकिस्तानी सेना प्रमुखले शनिबार चुनाव ‘जित र हारको शून्य योगफलको प्रतिस्पर्धा’ नभएको भन्दै राजनीतिक ध्रुवीकरण अन्त्य गर्न आग्रह गर्नुभएको छ । “अराजकता र ध्रुवीकरण’ को राजनीतिबाट माथि उठ्न राष्ट्रलाई स्थिर हात र उपचारात्मक स्पर्शको खाँचो छ,” सेना प्रमुख जनरल सैयद असीम मुनिरलाई उद्धृत गर्दै सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्