दोहोरो अंकले बढेको सेयर बजारमा ३ अर्ब ५८ करोडको कारोबार – Janadesh Daily | ePaper

दोहोरो अंकले बढेको सेयर बजारमा ३ अर्ब ५८ करोडको कारोबार


सोमबार सेयर बजार परिसूचक नेप्से १५.३३ अंकले बढेर दुई हजार १०१.१६ विन्दुमा पुगेको छ ।

बैंकिङ ०.६५, विकास बैंक २३, फाइनान्स २०, होटल तथा पर्यटन २०, हाइड्रोपावर ४९, जीवन बीमा ३८, उत्पादन १२५, निर्जीवन बीमा १८३ र ब्यापार समूह १२ अंकले बढेको छ । त्यस्तै, अन्य उपसमूह भन ०.९३ अंकले घटेको छ ।

आज बोटलर्स नेपाल, समाज लघुवित्त, कुथेली बुकरी स्मल हाइड्रोपावर, चिरख्वा हाइड्रोपावर र बलेफी हाइड्रोपावरको सेयर सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । समग्रमा बजार बढेपनि आज इमर्जिङ नेपालको सेयर ३ प्रतिशत भन्दा धेरैले घटेको छ ।

यस दिन ३१४ कम्पनीको एक करोड १ लाख कित्ता सेयर ३ अर्ब ५८ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्