चीनको सीमामा तनाब बढेपछि भारतले बोलायो गोर्खा सैनिक – Janadesh Daily | ePaper

चीनको सीमामा तनाब बढेपछि भारतले बोलायो गोर्खा सैनिक


काठमाडौं । भारत र चीन सीमामा ४५ वर्षपछि पहिलोपटक दुई देशका सैनिकबीचको दोहोरो भिडन्तमा मानवीय क्षति भएको छ । सोमबार राति भएको दुई पक्षबीचको भिडन्तमा २० भारतीय सैनिकको मृत्यु भएको भारतले जनाएको छ । यद्यपि, दुई देशका सैनिक अधिकारीबीच पछिल्लो अवस्थालाई लिएर वार्ता पनि भइरहेको जानकारी दिइएको छ ।

५ मेमा लद्दाखको प्यान्गोङ सो हिमतालनजिकै दुई देशका सैनिकबीच धकेलाधकेल हुँदा दुवैतर्फका केही सैनिक घाइते भएका थिए । भिडन्त गर्ने अवस्थामै दुई देशका सैनिक पुगिसकेका थिएनन् ।

चिनियाँ जनमुक्ति सेना यसअघिको लाइन अफ एक्चुयल कन्ट्रोल पार गरेर भारतीय भूमिमा केही किलोमिटर भित्र आएपछि तनाव भएको भारतको दाबी छ । सीमामा तनाव बढेपछि दुवै देशले सैन्यस्तरको वार्ता र सीमामा सैन्य उपस्थिति बढाएका छन् । तर, चिनियाँ विदेश मन्त्रालयले भने भारतीय सैनिकहरू चिनियाँ सीमा पार गर्दै घुसेपछि चिनियाँ सैनिकसँग झडप भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

मंगलबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हउ लिजियनले ६ जुनमा दुवै पक्षबीच सहमतिमा सीमा विवाद समाधान गर्ने भनिएकोमा भारतीय सेनाले त्यसको उल्लंघन गर्दै चिनियाँ भूमिमा प्रवेश गरेर गैरकानुनी गतिविधि गरेको बताएका छन् ।
भारत र चीनबीच यसअघि सन् १९७५ मा वास्तविक नियन्त्रण रेखा (एलएसी)मा चिनियाँ पक्षको एम्बुस आक्रमणमा भारतीय सैनिकको ज्यान गएको थियो । यस्तै, दुई पक्षबीच सन् १९६७ मा भिडन्त भएको थियो । सन् १९७५ मा अरुणाञ्चल प्रदेशको एलएसी क्षेत्रमा पट्रोलिङमा रहेको भारतीय फौजमाथि चिनियाँ पक्षले एम्बुस प्रहार गरेको थियो । त्यसअघि सन् १९६७ मा नाथु ला क्षेत्रमा दुई देशका सेनाबीच भिडन्त भएको थियो ।

भारत र चीनबीच ३ हजार ४ सय ८८ किलोमिटर सीमा जोडिएको छ । त्यसमध्ये अरूणाञ्चलदेखि लद्दाखसम्मको धेरै ठाउँमा लाइन अफ एक्चुयल कन्ट्रोल कुन हो भन्ने टुंगो लागेको छैन । लामो समयदेखि सो सीमा क्षेत्रको विषयलाई लिएर चीन र भारतका सैनिकबीच धकेलाधकेलसम्मको अवस्था भएको थियो । तर, सोमबार एक्कासि चीन र भारतबीचको सेनाबीच दोहोरो भिडन्त भएको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्