पार्टी एकढिक्का हुन्छ, ओलीजीले दुवै पदबाट राजीनामा दिनु पर्दैन : प्रचण्ड – Janadesh Daily | ePaper

पार्टी एकढिक्का हुन्छ, ओलीजीले दुवै पदबाट राजीनामा दिनु पर्दैन : प्रचण्ड


जनादेश, काठमाडौँ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकारात्मक ढंगले पार्टी एकता र सरकारको काम अगाडि बढाउ प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिन नपर्ने बताएका छन् । एक टेलिभिजन कार्यक्रमा कुराकानी गर्दै नेकपा अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

यस्तै, पार्टीको अबको महत्वपूर्ण काम भनेको महाधिवेशनमा ध्यान दिने उनले बताए । पार्टीमा चलेको विवाद पदका लागि नभएको प्रचण्डले बताए । पदकै लागि विवाद भएमा पार्टी एकता र निर्वाचन बेला गठबन्धन समेत हुन नसक्ने उनले जनाएका छन् ।

‘सकारात्मक ढंगले पार्टी एकता र सरकारको काम अगाडि बढाउने भन्नेमा हामी आइपुगेका छौं। अहिले नै सबै मिलेको भन्ने होइन,’ उनले भने, ‘कार्यदलले प्रस्ताव ल्याएर स्थायी कमिटीमा पेश गर्छ। त्यसपछि केन्द्रीय कमिटीमा गएर महाधिवेशनको योजना बनाउनुपर्छ।’

कोरोना महामारीका कारण तत्कालै केन्द्रीय समिति बैठक बस्न सम्भव नरहेको उल्लेख गर्दै मन्त्रिमण्डल पुनर्गठन, प्रदेश सरकारको हेरफेर, संवैधानिक निकायहरूमा नियुक्ति लगायत विषयमा सचिवालयमा छलफल गरेर अगाडि बढ्ने उनले बताएका छन् । यसतै, पार्टीभित्रको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) विवादमा पनि समझदारी बन्ने उनले बताए ।

‘एमसिसी पनि समझदारी बन्नेमा गयो भन्दा हुन्छ। यसबारे कार्यदलले एउटा रिपोर्ट पेश गरिसकेको छ,’ उनले भने, ‘यसलाई जस्ताको तस्तै स्विकार्नु पर्छ भन्ने र स्विकार्नै हुन्न भन्नेहरू पार्टीमा निकै कम छन्। सम्भव भएजति परिमार्जन गर्दा नै हुन्छ भन्ने मत बलियो छ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्