एमाले, माओवादी केन्द्र र रास्वपासहितको नयाँ सरकार बन्ने, आजै सानो आकारको मन्त्रिपरिषद् – Janadesh Daily | ePaper

एमाले, माओवादी केन्द्र र रास्वपासहितको नयाँ सरकार बन्ने, आजै सानो आकारको मन्त्रिपरिषद्


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली कांग्रेससहित दलहरूसँगको गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बनाउन तयार भएका छन् ।

आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने, जसपाका अध्यक्ष उपेन्द्र यादवसहित नेताहरूसँगको छलफलमा प्रधानमन्त्री दाहालले नयाँ ढंगबाट छलफल गरेर अघि बढ्न प्रस्ताव गरेका थिए । सोमबार विहान एमाले, माओवादी केन्द्र र रास्वपाले छुट्टा–छुट्टै छलफलपछि नयाँ गठबन्धन बन्ने निश्चित भएको हो । नेताहरूले आजै नयाँ सरकार गठन हुने र सानो आकारको मन्त्रिपरिषद् विस्तार हुने जनाएका छन् ।

एमाले सचिवालय बैठकपछि उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् विस्तार हुने बताए । ‘आजै सरकार परितर्वन र नयाँ मन्त्रिपरिषद् बन्दैछ । सानो आकारको मन्त्रिमण्डलले आज शपथ लिनेछ,’ उनले लेखेका छन् ।

अलग–अलग बैठकपछि अहिले एमाले र माओवादी केन्द्रका नेताहरु बालुवाटारमा छलफलमा जुटेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्