राष्ट्रिय प्रतियोगिताका खेलाडी छानिए – Janadesh Daily | ePaper

राष्ट्रिय प्रतियोगिताका खेलाडी छानिए


जनादेशडेली संबाददाता । आठौं राष्ट्रिय खेलकुँद प्रतियोगिताको लागि बर्दघाट सुस्ता पश्चिम नवलपरासीले खेलाडी छनौट प्रकृया पुरा गरेको छ ।
प्रदेश ५ को विभिन्न स्थानहरुमा सँचालन हुने प्रतियोगिताको लागि जिल्लाबाट विभिन्न चरणहरुमा सम्बन्धित खेलहरुका उत्कृष्ट खेलाडी छनौट प्रकृया पुरा भएको जिल्ला खेलकुँद विकास समितिका अध्यक्ष कुमार आलेले जानकारी दिए ।
२०७५ माघ २५ गतेदेखी प्रतियोगिता मिती तय भएपनि पूर्वाधार निर्माण सम्पन्न हुन नसकेर अन्यौल भएको राष्ट्रिय प्रतियोगिताको लागि खेलाडी छनौट भने भएका छन । जिल्ला हुँदै प्रदेश प्रतियोगितामा सहभागिता जनाउने र प्रदेशको तर्फदेखी राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन जिल्लाले १५ खेलमा सहभागिता जनाएको अध्यक्ष आलेले जानकारी दिए ।
नवलपरासी पश्चिमले फुटवलमा महिला पुरुष १६—१६, एथलेटिक्समा ८ पुरुष र ६ महिला, टेवलटेनीसमा ३ पुरुष २ महिला, क्रिकेटमा १४ पुरुष, भलिवलमा १० पुरुष, कबड्डीमा महिला पुरुष १०—१०, खो खो मा महिला पुरुष १२—१२, यस्तै ब्याडमिन्टनमा ४ पुरुष, कराँतेमा ११ पुरुष १० महिला, आइ टि एफ तेक्वान्दोमा महिला पुरुष १०—१०, कुश्तिमा १० पुरुष, चेसमा १ पुरुष, उसुमा ४ पुरुष, बास्केटबलमा महिला पुरुष १०—१०, र ह्याण्डबलमा पुरुष १२ र महिला ९ खेलाडी गरी १ सय ३३ पुरुष र ८३ महिला खेलाडी गरी कुल २ सय १६ खेलाडी छनौट गरिएको अध्यक्ष आलेले जानकारी दिए । १५ खेलको लागि २४ टिम म्यानेजर र २४ कोच समेत छनौट गरि छनौट भएका खेलाडीहरुलाई प्रशिक्षण दिइरहेको जिल्ला खेलकुँद विकास समिति नवलपरासीले जनाएको छ ।
जिल्लाबाट प्रदेश हुँदै राष्ट्रिय च्याम्पीयन खेलाडी छनौट गरी अन्तराष्ट्रिय प्रतियोगितामा समेत प्रतिनिधित्व गर्ने खेलाडी छनौट हुने हुँदा छनौट भएका खेलाडीलाई नियमित प्रशिक्षण गराई क्षमता अभिवृद्धि गराउन जिल्ला खेलकुँद विकास समिति लागि परेको समेत अध्यक्ष आलेले बताए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्