थप १७ ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि – Janadesh Daily | ePaper

थप १७ ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि


जनादेश, काठमाडौं ।

महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत थप १७ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा १७ प्रहरीको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको होे । संक्रमित प्रहरीलाई क्वारेन्टिनमा राखिएको प्रहरीले जनाएको छ ।

यसअघि महाशाखाका दुई जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो । उनीहरुको सम्पर्कमा रहेका एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जना क्वारेन्टिनमा बसेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्