फुटबल खेलाडी जर्ज सहसेनानीमा बढुवा – Janadesh Daily | ePaper

फुटबल खेलाडी जर्ज सहसेनानीमा बढुवा


जनादेशडेली संबाददाता । राष्ट्रिय फुटबल खेलाडी जर्ज प्रिन्स कार्की नेपाली सेनाको सहसेनानी (क्याप्टेन) मा बढुवा भएपछि सोमबार उनलाई नम्बर २ राजदल गण सुर्खेतका गणपति राजेशप्रसाद खत्रीले दर्जानी चिह्न प्रदान गरेका थिए । उनी २०७२ सालमा सेनामा प्रवेश गरेका थिए ।

काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका शंखुमा जन्मिएका प्रिन्सले २०६९ सालमा सी डिजिभनका लागि बनेपा ब्वाइज क्लबबाट खेलेका थिए । त्यसपछि उनले ‘ए’ डिभिजन लिग फुटबल क्लब फ्रेन्ड्स क्लबका लागि खेले । २५ वर्षीय प्रिन्स मंसिरमा सेनाको सकेन्ड लेफ्टिनेन्टमा पास आउट भए ।

आफ्नो ब्याचको टपर रहेका उनले एक वर्ष भारतमा रहेर प्रशिक्षण पनि गरे । भारतीय सेनाको एकेडेमीमा रहँदा उनले फुटबल प्रशिक्षण लिने मौका पाए । नेपाल फर्केपछि उनलाई क्लबका प्रशिक्षक नवीन न्यौपानेले सोझै सिनियर टोलीमा समेटेका थिए ।

राष्ट्रिय टोलीमा जापानी प्रशिक्षक ग्योतोकु कोजी प्रशिक्षक रहँदा उनले घरेलु मैदानमा विश्वकप छनोटअन्तर्गत ताजिकिस्तानविरुद्ध खेलमा सिनियर टोलीबाट डेब्यु गरेका थिए । उनले पछिल्लो समय भने सेनाको तालिममा सहभागी हुनुपर्ने भएपछि बन्द प्रशिक्षणमा सहभागी भएका थिएनन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्