कर्णाली प्रदेशका नवनियुक्त मन्त्री परियारद्वारा सपथग्रहण – Janadesh Daily | ePaper

कर्णाली प्रदेशका नवनियुक्त मन्त्री परियारद्वारा सपथग्रहण


कर्णाली। कर्णाली प्रदेशका नवनियुक्त बिनाविभागीयमन्त्री रनसिंह परियारले पद तथा गोपनीयताको सपथग्रहण गर्नुभएको छ ।

कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष उहाँले आज पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको हो । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)को तर्फबाट मन्त्री नियुक्त परियार सो पार्टीको प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक हुनुहुन्थ्यो ।

गत चैत २७ गते नेकपा ९एमाले० प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीकर्णाली प्रदेशको मुख्यमन्त्री बन्नुभएको थियो । मुख्यमन्त्री बनेको १५ दिनपछि आज मन्त्रिपरिषद् विस्तार गरेसँगै कँडेलले भोलि विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्