वडा कार्यालयको आर्थिक सहयोगमा एसईई दिएर बसेका विद्यार्थीहरुको लागि कम्प्युटर तालिम – Janadesh Daily | ePaper

वडा कार्यालयको आर्थिक सहयोगमा एसईई दिएर बसेका विद्यार्थीहरुको लागि कम्प्युटर तालिम


घोराही । घोराही उप—महानगरपालिका १६ नं. वडा कार्यालयको आर्थिक सहयोग र राप्ती इञ्जिनियरिङ कलेज दाङको प्राविधिक सहयोगमा एसईई दिएर बसेका विद्यार्थीहरुको लागि कम्प्युटर तालिमको उद्घाटन सम्पन्न भएको छ ।

May be an image of 1 person, speaker and text

कार्यक्रमका प्रमुख अतिथि घोराही उप—महानगरपालिका १६ नं. वडा अध्यक्ष ताराबहादुर डाँगीले वडा बासीहरुको लागि कम्प्युटर तालिमको समय व्यवस्थापन गरिदिएकोमा कलेज परिवारलाई धन्यबाद दिनुभएको थियो । तालिममा सहभागी हुने सम्पूर्ण विद्यार्थीहरुलाई यो अवसरको उच्चतम सदुयोग गर्न सबैलाई आग्रह गर्नुभएको थियो ।राप्ती इञ्जिनियरिङ कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं प्रबन्ध निर्देशक डा. भीमसेन गिरीले कार्यक्रममा बोल्दै गिरीले स्थानीय १६ नं. वडाका विद्यार्थीहरुको सुचना तथा प्रविधिको विश्व बजारमा निकै दु्रत गतिमा विकास भएकोले यस वडामा रहेका विद्यार्थीहरुले सामान्य रुपमा भएमपनि सुचना प्रविधिमा पहँुच राख्न पर्छ भन्ने उद्देश्यले यस तालिमाको आयोजना गरिएको बताउनु भयो । कलेजमा तीन वर्ष डिप्लोमा इन कम्प्यथर इञ्जिनियरिँ र चार वर्ष विई कम्प्युटर कार्यक्रम संचालन भएकाले स्थानीय विद्यार्थीहरुलाई कम्प्युटर शिक्षाको महत्व बुझाउनको लागि पनि यो तालिमको महत्व रहने डा.गिरीले बताउन भयो । साथै डा.गिरीले कम्प्युटर एक प्राविधिक शिक्षा भएकोले यो शिक्षा जुन सुकै क्षेत्रको कार्य गर्नका लागि आवश्यक पर्ने भएकोले सबैको पहुँज हुन आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रमका कलेजका प्रिन्सिपल रेशम गिरीले राप्ती इन्जिनियरीङ कलेज घोराही दाङमा घोराही उप—महानगरपालिका १६ नं. वडा कार्यालयको सहकार्यमा निःशुल्क कम्प्युटर तालिम आयोजना गरेर सामाजिक उत्तरदायित्व बहन गर्न लागेको बताउनुभएको थियो । गिरीले कम्प्युटर शिक्षाले विश्वलाई डो¥याउने भएको हुँदा विभिन्न किसिमका कोर्षहरु मध्ये कम्प्युटर बेसिक कोर्ष पनि अति आवश्यक र अनिवार्य रहने भएकोले सुरुवाती अवस्थामा सा—साना कुराहरुको बारेमा जान्न जरुरी हुने भएकोले यस तालिमबाट प्रदान गरिने शिक्षालाई आत्मसाथ गरी सबैले सहि सदुपयोग गर्न आग्रह गर्नुभएको थियो ।
कलेजका निर्देशक मधुसूदन बैद्यको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमकोे सहजीकरण कलेजका प्रशासकिय अधिकृत धनेश्वर चौधरीले गर्नुभएको थियो । उक्त तालिममा ८० जनाको सहभागीता रहेको छ ।

घोराही उप—महानगरपालिका १६ नं। वडा कार्यालयको आर्थिक सहयोग र राप्ती इञ्जिनियरिङ कलेज दाङको प्राविधिक सहयोगमा एसईई दिएर बसेका विद्यार्थीहरुको लागि गतवर्ष पनि कम्प्युटर तालिम संचालन गरेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्