१४ अंकले बढ्यो नेप्से, २ अर्ब ६८ करोडको कारोबार – Janadesh Daily | ePaper

१४ अंकले बढ्यो नेप्से, २ अर्ब ६८ करोडको कारोबार


काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से १४.३३ अंकले बढेर एक हजार ९८०.२७ विन्दुमा पुगेको छ ।

आज बैंकिङ २, विकास बैंक ८५, फाइनान्स ८१, होटल तथा पर्यटन ३८, हाइड्रोपावर १०, उत्पादन ५, माइक्रोफाइनान्स ५४, अन्य १०, जीवन बीमा ७२ र निर्जीवन बीमा उपसमूह १०८ अंकले बढेको छ । त्यस्तै, आज ब्यापार उपसमूह भने ९ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै पोखरा फाइनान्सको सेयर ९ प्रतिशत भन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेपनि आज रिभर फल्सको सेयर साढे ४ प्रतिशत भन्दा धेरैले घटेको छ ।

यस दिन ३०८ कम्पनीको ६८ लाख कित्ता सेयर २ अर्ब ६८ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्