झिनो अंकले बढ्यो नेप्से, २ अर्ब ९५ करोडको कारोबार – Janadesh Daily | ePaper

झिनो अंकले बढ्यो नेप्से, २ अर्ब ९५ करोडको कारोबार


काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से ०.०७ अंकले बढेर एक हजार ९८०.३४ विन्दुमा पुगेको छ ।

आज बैंकिङ ३, विकास बैंक ६५ र फाइनान्स उपसमूह ८९ अंकले बढेको छ । त्यस्तै, होटल तथा पर्यटन ३०, हाइड्रोपावर १२, उत्पादन ४, माइक्रोफाइनान्स ०.२०, अन्य १३, जीवन बीमा २५, निर्जीवन बीमा ५२ र ब्यापार उपसमूह १२ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै पोखरा फाइनान्स र जानकी फाइनान्सको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज पिपुल्स पावर लिमिटेडको सेयर ६ प्रतिशतले घटेको छ ।

यस दिन ३१७ कम्पनीको ७३ लाख कित्ता सेयर २ अर्ब ९५ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्