कर्णाली प्रदेश सरकार बिस्तार – Janadesh Daily | ePaper

कर्णाली प्रदेश सरकार बिस्तार


काँक्रेविहार । मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश सरकार बिस्तार गर्नुभएको छ । मुख्यमन्त्री कँडेलको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले सरकार बिस्तार गर्नुभएको हो ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्)का महेन्द्र केसीलाई आर्थिक मामिला तथा योजना, वीरबहादुर शाहीलाई सामाजिक विकास, दुर्गाबहादुर रावतलाई उद्योग, पर्यटन वन तथा वातावरण र रनसिंह परियारलाई जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जम्मेवारी दिइएको छ ।

साथै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का शेरबहादुर बुढालाई भौतिक पूर्वाधार, विनोदकुमार शाहलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यसैगरी भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्रीमा गमता विक नियुक्त हुनुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय भने मुख्यमन्त्री कँडेल आफैंले राख्नुभएको छ ।

नवनियुक्त मन्त्री विनोदकुमार शाहबाहेक अन्य मन्त्रीहरुले आजै पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्