एकैदिन २७ सयले घट्यो सुनको मूल्य – Janadesh Daily | ePaper

एकैदिन २७ सयले घट्यो सुनको मूल्य


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २७ सय रुपैयाँले घटेर १ लाख ३४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३३ हजार ८५० रुपैयाँ काम भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घटेर १६ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार २८४.३२ डलर र चाँदी प्रतिऔंस २६.३९ डलरमा कारोबार भइरहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्