सेन्झाउ–१७ अभियानको १८७ औ दिनपछि बेइजिङमा अवतरण – Janadesh Daily | ePaper

सेन्झाउ–१७ अभियानको १८७ औ दिनपछि बेइजिङमा अवतरण


तीन सदस्यीय ‘सेन्झाउ–१७’ चालक दल छ महिनाको अन्तरिक्ष अध्ययन अभियानपछि बुधबार बिहान विमानबाट बेइजिङ आइपुगेको छ । सेन्झाउ–१७ एक चिनियाँ अन्तरिक्ष उडान हो जुन सन् २०२३ अक्टुबर २६ मा प्रक्षेपण भएको थियो ।

चाइना म्यान्ड स्पेस एजेन्सी (सीएमएसए) का अनुसार, मङ्गलबार अन्तरिक्ष यात्री ताङ होङ्बो, ताङ शेङ्जी र जियाङ सिनलिनलाई लिएर सेन्झाउ–१७ को यान उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रको डोङफेङस्थित अवतरण स्थलमा बेइजिङको समय अनुसार साँझ ५ः४६ मा अवतरण गरेको छ । चालक दल सबैले साँझ ६ः३७ मा यानबाट बाहिरिएका थिए ।

उडानको १८७ दिनसम्म कक्षमा बसेपछि फर्केका तीनै जना अन्तरिक्ष यात्रीको स्वास्थ्य राम्रो रहेको र सेन्झाउ–१७ मानव यात्रा सफल भएको सीएमएसएले जानकारी दिएको छ ।

चिनियाँ अन्तरिक्ष निकायले टोलीको छिट्टै स्वास्थ्य परीक्षण गरिने जनाएको छ ।

स्वास्थ्य परीक्षणपछि त्यसपछि टोलीका सदस्यले बेइजिङमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्