इजराइलद्वारा पूर्वी रफाहबाट एक लाख मानिसको सुरक्षितरूपमा स्थानान्तरण – Janadesh Daily | ePaper

इजराइलद्वारा पूर्वी रफाहबाट एक लाख मानिसको सुरक्षितरूपमा स्थानान्तरण


इजराइली सेनाले सोमबार दक्षिणी सहर गाजामा सम्भावित स्थलगत आक्रमण हुनुअघि पूर्वी रफाहबाट करिब एक लाख मानिसलाई सुरक्षितरूपमा स्थानान्तरण गर्न थालिएको बताएको छ ।

कति मानिसलाई बाहिर निकालिएको छ भनेर सोध्दा एकजना सैन्य प्रवक्ताले पत्रकारहरूलाई भने, “करिब एक लाख मानिस छन् ।”

विश्व स्वास्थ्य सङ्गठनका अनुसार हाल करिब १२ लाख मानिस रफाहमा शरण लिइरहेका छन् । तीमध्ये अधिकांश इजराइल र हमास प्यालेस्टिनी लडाकूहरूबीच सात महिनाको युद्धका क्रममा गाजाको अन्य ठाउँबाट भागेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्