जनशक्ति नहुदा भेन्टीलेटर र आइसियु प्रयोगमा आएन – Janadesh Daily | ePaper

जनशक्ति नहुदा भेन्टीलेटर र आइसियु प्रयोगमा आएन


चन्द्रप्रकाश नेपाली:

घोराही । दाङमा भेन्टीलेटर र आईसियू वेडहरु भए पनि आबस्यक जनशक्ति नहुदा प्रयोग बिहिन रहेका छन् । कोरोना बिषेश अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरि ८ वटा भेन्टीलेटर र १५ वटा आईसियू बेडहरु भए पनि अहिले जनशक्ति नहुदा प्रयोग बिहिन रहेका हुन् ।

कोरोना बिषेश अस्पताल बेलझुण्डिमा ५ वटा भेन्टीलेटर र ५ वटा आइसियू बेडहरु रहेको र न्यूनतम ३० जना डाक्टर सहित स्वास्थ्यकर्मीहरुको आबस्यक पर्ने भए पनि जनशक्ति शून्य हुदा जटिल प्रकृतिका बिरामीलाई रिफर गर्नु परेको अस्पतालका सदस्य सचिब डा. सर्बेश शर्माले जानकारी दिनुभयो ।

गम्भिर अबस्थाका कोरोना संक्रमित विरामीहरुलाई बेलझुण्डिमा राख्न नसकी बुटवल रिफर गरिएको छ ।

यता राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा पनि ३ वटा भेन्टीलेटर र १० वटा आईसियु बेड राखिएको छ । तर प्रयोगमा भने आउन सकेको छैन् । जनशक्ति नहुदा सेवा दिन नसकेको प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेलले जानकारी दिनुभएको छ ।

यसैविच प्रदेश ५ को स्वास्थ्य निर्देशनालयले भने अब छिट्टै जनशक्तिको व्यवस्था गरिने बताएको छ । निर्देशनालयका प्रबक्ता रोशनलाल चौधरीले दरबन्दीका लागि सम्बन्धित मन्त्रालयमा प्रस्ताब पेश भैसकेको र छिट्टै जनशक्ति उपलब्ध हुने बताउनुभएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्