कांग्रेसको अवरोध असंसदीय : प्रधानमन्त्री दाहाल – Janadesh Daily | ePaper

कांग्रेसको अवरोध असंसदीय : प्रधानमन्त्री दाहाल


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिने सहज वातावरण नबनाएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले असंसदीय व्यवहार प्रदर्शन गरेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावको छलफलमाथि उठेका प्रश्नको जवाफ दिँदै उहाँले सदनमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्षी दलले अवरोध गरेकामा चिन्ता व्यक्त गर्दै प्रतिपक्षी कांग्रेसले गरेको उक्त कार्य गलत भएको टिप्पणी गर्नुभयो ।

“विपक्षीलाई समेत सहमतिकम लिएर आफू अगाडि बढ्न खोजिरहेको अवस्थामा तपाईंहरुले जुन खालको व्यवहार प्रदर्शन गर्नुभएको छ, यो गलत गर्नुभएको छ भन्ने मलाई लागेको छ । इतिहासमा जुन प्रधानमन्त्रीले तपाईंहरुलाई साथ दियो, त्यही प्रधानमन्त्रीलाई यस प्रकारको व्यवहार गर्नुभएको छ, यो घटना संसदीय इतिहासमा कलङ्कका रुपमा स्थापित हुनेछ”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

उहाँले आफूलाई विश्वासको मतसम्बन्धी प्रस्तावमा समर्थन गर्ने नेकपा ९एमाले०सहित अन्य दल र सांसदलाई धन्यवाद दिनुभयो । प्रमुख प्रतिपक्षीको अवरोधका बीच विश्वासको मतसम्बन्धी प्रस्तावलाई मत विभाजनको प्रक्रियाबाट टुङ्गो लगाइँदैछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्