बेल्जियमका प्रधानमन्त्री डी क्रूद्वारा राजीनामाको घोषणा – Janadesh Daily | ePaper

बेल्जियमका प्रधानमन्त्री डी क्रूद्वारा राजीनामाको घोषणा


बेल्जियमका प्रधानमन्त्री अलेक्ज्यान्डर डे क्रुले आइतबार सम्पन्न राष्ट्रिय र युरोपेली संसदीय चुनावमा आफ्नो पार्टीको हारपछि राजीनामा दिनुभएको छ ।

आइतबार राति ब्रसेल्समा यस्तो घोषणा गर्दा आँसु रोक्न गाह्रो भएको भन्दै उहाँले उपलब्ध नतिजा आफुले आशा गरेको नतिजा नभएको बताउनुभयो ।

भोलिसम्म, प्रधानमन्त्रीको पदबाट राजीनामा दिने र वर्तमान मामिलामा पूर्णरूपमा ध्यान केन्द्रित गर्ने उललेख गरेको सिएनएनले जनाएको छ ।

आरटीबीएफको मतदानलाई उद्धृत गर्दै सिएनएनले डि क्रूको ‘ओपन भिएलडी’ पार्टीले युरोपेली संसदमा ५।८ प्रतिशत मत प्राप्त गरेको र यो राम्रो प्रदर्शन नभएको जनाएको छ ।

आरटीबिएफको सर्वेक्षणले अति दक्षिणपन्थी ‘भ्लामस बेलाङ पार्टी’ र ‘फ्लेमिश नेशनलिस्ट (एनभिए) पार्टीले क्रमश: १४.८ प्रतिशत र १४.२ प्रतिशत मतका लागि बराबरी रहेको देखाएको छ ।

राजीनामाको घोषणा गर्दै डी क्रूले बेल्जियमलाई आफ्नो कार्य लिन सक्ने पूर्ण शक्तिको नयाँ सरकार चाहिने विश्वासलाई जोड दिदै आफ्नो उत्तराधिकारीलाई शक्तिको ‘उचित हस्तान्तरण’ गर्ने प्रतिवद्धता जनाउनुभयो ।

सिएनएनका अनुसार युरोपेली सङ्घका २७ सदस्य राष्ट्रहरूमा मतदान हाललाई बन्द भएको छ भने अन्तिम मतदान इटालीमा भएको थियो ।

युरोपेली सङ्घको चुनावले विश्वको दोस्रो ठुलो लोकतान्त्रिक अभ्यासको प्रतिनिधित्व गर्दछ, जुन परिमाणको हिसाबले भारतको चुनावभन्दा पछाडि छ । युरोपेली सङ्घमा लगभग ४० करोड मतदाताहरूले आर्कटिक सर्कलदेखि अफ्रिका र एसियाको सिमानासम्म फैलिएको युरोपेली संसदका ७२० सदस्यहरू चयन गर्नेछन् ।

यी चुनावको नतिजाले जलवायु परिवर्तन, रक्षादेखि आप्रवासन र चीन र संयुक्त राज्य अमेरिकाजस्ता प्रमुख वेश्विक राजनीतिक खेलाडीसँग अन्तर्राष्ट्रिय सम्बन्धसम्मका विश्वव्यापी मुद्दामा नीति निर्धारण गर्नेछ ।

सन् २०१९ को पछिल्लो युरोपेली चुनावदेखि भूराजनीतिक गतिशीलता उल्लेखनीय रूपमा परिवर्तन भएको छ ।

रूसले युक्रेनमा गरेको आक्रमणले युरोपेली सङ्घको किनारमा द्वन्द्व ल्याएको छ, जसले यस क्षेत्रमा शान्ति र स्थिरता कायम गर्न सङ्घको भूमिकालाई जोड दिएको छ । युरोपेली सङ्घमा सामेल हुन चाहने युक्रेनले भू–राजनीतिक जटिलतालाई थप जोड दिन्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्