फ्रान्सेली प्रधानमन्त्री अट्टलले म्याक्रोँको चुनाबी अभियानको नेतृत्व गर्ने – Janadesh Daily | ePaper

फ्रान्सेली प्रधानमन्त्री अट्टलले म्याक्रोँको चुनाबी अभियानको नेतृत्व गर्ने


फ्रान्सका प्रधानमन्त्री इम्यानुएल म्याक्रोँले मध्यावधि निर्वाचनको आह्वान गरेपछि प्रधानमन्त्री गेब्रियल अट्टलको शङ्कास्पद मौनता तोडिएको छ । अनुभवको कमीको बावजुद, अट्टलले आफ्नो नियुक्तिपछि आफूलाई राष्ट्रपतिको एक प्राकृतिक संचारकर्ताको रूपमा देखाउनुभएको छ । केही हदसम्म म्याक्रोँँकोे सम्भावित उत्तराधिकारीको रूपमा पनि हेरिएको छ ।

पैँतीस वर्षीय अट्टल फ्रान्सका सबैभन्दा कान्छा प्रधानमन्त्री हुनुहुन्छ ।

उहाँले यो अभियानप्रति पूर्ण प्रतिबद्धता जनाए पनि यदि म्याक्रोँको प्रधानमन्त्री परिवर्तन गर्ने निर्णय आएमा उहाँ सबैभन्दा कम सेवा गर्ने प्रधानमन्त्रीमध्ये एक हुनेछन् ।

युरोपेली चुनावमा अति दक्षिणपन्थी गठबन्धनसँग म्याक्रोँको पार्टी पराजित भएपछि सुरुमा लड्ने कुनै इच्छा नभएको बताइए पनि राष्ट्रपति म्याक्रोँलाई फ्रान्सेली विधायिका निर्वाचन अभियान चलाउनुपरेको छ ।

सामान्यतया फ्रान्सेली सञ्चारमाध्यममा सर्वव्यापी रहेका अट्टल सोमबार निर्वाचनको घोषणापछि एयरवेभमा स्पष्ट रूपमा अनुपस्थित हुनुहुन्थ्यो ।

म्याक्रोँले आइतबार टेलिभिजनमा सम्बोधन गर्दै निर्वाचनलाई स्तब्ध पार्ने कदमको संज्ञा दिँदा अट्टलले कुनै टिप्पणी गर्नुभएन ।

उहाँले म्याक्रोँको एक्समा गरेको सम्बोधनलाई पुनः पोष्ट मात्र गर्नुभयो भने ब्रिफिङका लागि माटिग्नोन प्रधानमन्त्रीको निवासमा राखिएको लेक्चर कहिल्यै प्रयोगमा आएन ।

युरोपेली चुनावको परिप्रेक्षमा मध्यावधि चुनावको सम्भावनाको बारेमा प्रारम्भिक छलफलबाट टाढा रहेका अट्टलले म्याक्रोँलाई ‘खतरनाक’ जोखिमको बारेमा चेतावनी दिनुभएको थियो । अट्टललाई निर्णयबारे अन्तमा सूचित गरिएको थियो ।

आइतबार साँझ एलीसी प्यालेसमा सत्तारुढ दलका नेतासँग भएको भेटमा अट्टलले आफू सरकारबाट राजीनामा दिन तयार रहेको तर राष्ट्रपतिको निर्णयलाई समर्थन गरेको बताउनुभएको एक सहभागीले बताए ।

प्रसारणकर्ता बीएफएमटिभीका अनुसार उहाँले म्याक्रोँलाई राजीनामा दिएर संसद विघटन गर्नबाट रोक्न प्रयास गर्नुभएको थियो तर उहाँको प्रयास सफल हुन सकेन ।

“मलाई जे भनिएको छ म त्यही गर्छु,” उहाँले सोमबार आफ्ना एक वार्ताकारसँग बताउनुभयो । नाम नबताउने शर्तमा स्रोतले एएफपीलाई भन्यो, “राष्ट्रपतिलाई अस्वीकार गरिएको छ भन्ने थाहा भए पनि अब उहाँ चुनाव प्रचारमा जान लाग्नुभएको छ ।”

सत्तासीन दलका प्रमुख भ्यालेरी हायरलाई उछिन्न खोजेको आरोप खेपिरहेका अट्टलले युरोपेली चुनावी अभियानमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

नेता जोर्डन बार्डेलासँग भएको बहसमा उहाँलाई व्यापक रूपमा पछ्याइएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्