रोबाेटको प्रयोगले रोजगारी कटौती – Janadesh Daily | ePaper

रोबाेटको प्रयोगले रोजगारी कटौती


 

एजेन्सी । रोबाेटको प्रयोग गरेर काम गर्न थालेपछि माइक्रोसफ्टले दुई दर्जन पत्रकारलाई बर्खास्त गरेको छ ।

माइक्रोसफ्टको समाचार वेबसाइट एमएसएनको गृहपृष्ठ र इडेज ब्राउजरमा काम गर्ने पत्रकारको सट्टामा आर्टिफिसियल इन्टेलिजेन्सी सफ्टवेयरमा आधारित रोबाेटको प्रयोग गर्ने भएको हो ।

पिए मिडियाअन्तर्गत समाचार सम्पादन गर्ने २७ कर्मचारीको सट्टामा रोबाेटको प्रयोग गरिने भएको हो ।

पिए मिडियाअन्तर्गतबाट माइक्रोसफ्टका लागि काम गर्ने ती कर्मचारीको सट्टामा रोबाेट प्रयोग गर्ने सूचना माइक्रोसफ्टले पिए मिडियालाई दिएको हो ।

कर्मचारी टोलीका एक कमर्चारीले भनेका छन्, ‘मैले लामो समयदेखि कसरी रोबाेटले मानिसको जागिर छुटाउनेछन् भन्ने समाचार पढ्दै आइरहेको थिएँ, आज मेरो जागिर रोबाेटले गर्दा जाँदै छ ।’

यद्यपि उनले मानिसको सट्टामा रोबाेटको प्रयोग गर्नु जोखिमपूर्ण काम रहेको बताएका छन् ।

ती कर्मचारीहरूले मुख्य समाचार सम्पादन गर्ने नभई अन्य समाचार वेबसाइटका समाचार माइक्रोेसफ्टको वेबसाइटमा हाल्ने काम गर्दै आइरहेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्