सञ्जीवकुमार शर्मा र निराजन पौडेललाई अवैतनिक वाणिज्यदूतमा नियुक्त गर्ने सरकारको निर्णय – Janadesh Daily | ePaper

सञ्जीवकुमार शर्मा र निराजन पौडेललाई अवैतनिक वाणिज्यदूतमा नियुक्त गर्ने सरकारको निर्णय


सरकारले अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्य कार्यक्षेत्र रहने गरी सञ्जीवकुमार शर्मा र भिक्टोरिया राज्य कार्यक्षेत्र रहने गरी निराजन पौडेललाई अवैतनिक वाणिज्यदूतमा नियुक्त गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मलेनमा संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त जानकारी दिएकी हुन् ।

त्यस्तै, सरकारले आजदेखि बुधबारसम्म काठमाडौंमा हुने नेपाल र चीनबीच द्विपक्षीय परामर्श संयन्त्रको सोह्रौँ बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गठन गरी उक्त बैठकको कार्यसूची स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।

मन्त्री शर्माले, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सिफारिसमा धादिङमा १५ सैय्याको अस्पतालको भवन निर्माण, यातायात व्यवस्था सेवा कार्यालय बर्दिबासको भवन निर्माण र सरावन गाउँपालिकाको वडा कार्यालय तथा प्रशासनिक भवन निर्माणका लागि सरकारी जग्गा उपयोग गर्न स्वीकृति दिने निर्णय गरेको जानकारी दिएकी छिन् ।

उनले युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठलाई वैदेशिक भ्रमणका लागि स्वीकृति दिएको जानकारी पनि दिएकी छन् । उनले भनिन्, ‘युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा असार १४ देखि २० गतेसम्म गणतन्त्र कोरियाको सियोलमा आयोजना हुने कार्यक्रमका लागि युवा तथा खेलकुदमन्त्रीको वैदेशिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ ।’

त्यसैगरी, सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिवबाट निलम्बित वैकुण्ठ अर्यालको राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ । अन्तःशुल्क स्टिकर खरिद प्रक्रियामा भ्रष्टाचार आरोपित निलम्बित मुख्य सचिव वैकुण्ठ अर्याललाई सरकारले आज राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरी सरुवा गर्ने निर्णय गरेको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्