परराष्ट्रमन्त्री र चिनियाँ उपविदेशमन्त्रीबीच भेटवार्ता, सीमा नाका सुचारुबारे छलफल – Janadesh Daily | ePaper

परराष्ट्रमन्त्री र चिनियाँ उपविदेशमन्त्रीबीच भेटवार्ता, सीमा नाका सुचारुबारे छलफल


उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपविदेशमन्त्री सुन वेइतोङबीच आज शिष्टाचार भेटवार्ता भएको छ । बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उपप्रधानमन्त्री श्रेष्ठ र उपविदेशमन्त्री सुन वेइतोङले दुई पक्षीय शिष्टाचार भेट गरेका हुन् ।

भेटमा उपप्रधानमन्त्री श्रेष्ठले चीनले नेपालमा लामो समयदेखि भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यलगायतका विभिन्न क्षेत्रमा सहयोग गरिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिन आग्रह गरे ।

यस्तै, नेपालसँग जोडिएका सीमा नाकाहरू सुचारु गर्ने सम्बन्धमा समेत मन्त्री श्रेष्ठले छलफल गरेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्