केन्यामा संसद् भवनमा आक्रमणको प्रयास, प्रहरीको गोलीबाट पाँच प्रदर्शनकारीको मृत्यु – Janadesh Daily | ePaper

केन्यामा संसद् भवनमा आक्रमणको प्रयास, प्रहरीको गोलीबाट पाँच प्रदर्शनकारीको मृत्यु


केन्यामा सरकारविरुद्ध प्रदर्शन भएको छ । आर्थिक संकट भोगिरहेका केन्याका नागरिकले सरकारले कर बढाउने नयाँ वित्त विधेय ल्याउँदा संसद् भवनमा आक्रमण गर्न खोजेका थिए ।

सो क्रममा प्रहरीको गोली लागि पाँच जना प्रदर्शनकारीको मृत्यु भएको छ । यस्तै, ५० भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् ।

मंगलबार हजारौं प्रदर्शनकारीले कर वृद्धिसम्बन्धी विधेयक पारित गरिरहँदा बलपूर्वक संसद् भवनभित्र प्रवेश गर्न खोजेका थिए । प्रदर्शनकारीलाई रोक्न अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्दा पनि पछाडि नहटेपछि प्रहरीले गोली प्रहार गरेको रोयटर्सले जनाएको छ ।

वित्त विधेयकविरुद्ध संसद् भवन बाहिर प्रदर्शन गर्ने क्रममा संसद् भवनको केही भागमा प्रदर्शनकारीले आगोसमेत लगाइदिएका थिए । संसद् भवनमा आक्रमण भएपछि प्रहरीले गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले उल्लेख गरेको छ ।

यस्तै, सांसदलाई जमिनमुनिको सुरुङ मार्ग प्रयोग गरी सुरक्षित बाहिर निकालिएको थियो । देशले चरम आर्थिक संकटको सामना गरिरहेका बेला कर वृद्धिसम्बन्धी कानुन ल्याएको भन्दै सर्वसाधारणले विरोध गरेका हुन् ।

विरोधका बीच सो विधेयक सदनबाट भने पारित भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्