गृहमन्त्री जोडिएका सहकारीको कागजात झिकाउने संसदीय छानबिन समितिको निर्णय – Janadesh Daily | ePaper

गृहमन्त्री जोडिएका सहकारीको कागजात झिकाउने संसदीय छानबिन समितिको निर्णय


काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने जोडिएका सहकारीहरूको कागजात झिकाउने निर्णय गरेको छ ।

बुधबार बसेको समिति बैठकले समितिको कार्यादेशअनुसार अनुसूची २ मा रहेका ९ वटा सहकारीहरूको कागजात मगाउने निर्णय गरेको संयोजक एमाले सांसद सूर्यबहादुर थापाले जानकारी दिए ।

अनुसूची २ मा आईडियल यमुना बहुउद्देश्यीय संस्था, ईमेज बचत तथा ऋण सहकारी संस्था लि, सहारा बचत था ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको नाम उल्लेख गरिएको छ ।

थापाले सहकारीको कागजात आएपछि यसबारे थप प्रक्रिया अघि बढ्ने जानकारी दिए । ‘हामीले कागजात झिकाउने निर्णय गरेका छौँ । सबै कागजात आएपछि यसबारे थप प्रक्रिया अघि बढाउँछौँ,’ संयोजक थापाले भने ।

समितिले सहकारीसम्बन्धी यसअघि गठन गरिएका समितिका प्रतिवेदन अध्ययन गर्ने र लामिछाने छोडिएका सहकारीको अनुसन्धान गर्ने काम समानान्तर रूपमा गरिरहेको छ । बुधबार समितिले सहकारी राष्ट्रिय महासंघका पूर्वअध्यक्ष केशव बडाललगायतसँग पनि छलफल गरेको छ ।

राजनीतिमा आउनुअघि गृहमन्त्री रवि लामिछाने गोर्खा मिडियाको प्रबन्ध निर्देशक थिए ।

प्रतिक्रिया

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्