एक लाख १५ हजार विद्यार्थीले मौका परीक्षा दिन पाउने – Janadesh Daily | ePaper

एक लाख १५ हजार विद्यार्थीले मौका परीक्षा दिन पाउने


काठमाडौँ ।  एक लाख १५ हजार ८३४ विद्यार्थीले मौका परीक्षा (कम्पार्ड) दिन पाउने भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा ति विद्यार्थीहरूले स्तर वृद्धि परीक्षा दिने पाउने भएका हुन् । २०८० सालको एसर्ईईमा दुई लाख ४२ हजार ३१४ विद्यार्थी फेल अर्थात (एनजी) भएका थिए ।

जसमध्ये दुई विषयमा एनजी भएका विद्यार्थीले साउन १८ र १९ गते हुने मौका परीक्षा दिन पाउनेछन् । जसमा ४८ हजार ३८ विद्यार्थीको एक विषयमा एनजी आएको छ । भने ६७ हजार ८०० विद्यार्थी दुई विषयमा एनजी आएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्