८ अंकले घट्यो नेप्से, ३ अर्ब ७१ करोडको कारोबार – Janadesh Daily | ePaper

८ अंकले घट्यो नेप्से, ३ अर्ब ७१ करोडको कारोबार


काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से ८.२४ अंकले घटेर दुई हजार ०५१.९२ विन्दुमा पुगेको छ ।

विकास बैंक १७, होटल तथा पर्यटन २७, हाइड्रोपावर ११, माइक्रोफाइनान्स ४३, जीवन बीमा ९९, उत्पादन ७५, निर्जीवन बीमा ७०, फाइनान्स ५५ र व्यापार उपसमूह ४० अंकले घटेको छ । त्यस्तै, बैंकिङ ०.०९ र अन्य उपसमूह १५ अंकले बढेको छ ।

आज नेपाल फाइनान्सको सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज त्रिशुली जलविद्युत कम्पनीको सेयर ७ प्रतिशतले बढेको छ ।

यस दिन ३३३ कम्पनीको ८९ लाख कित्ता सेयर ३ अर्ब ७१ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्