लालीगुराँस सहकारीका अध्यक्षसहित चार जना पक्राउ – Janadesh Daily | ePaper

लालीगुराँस सहकारीका अध्यक्षसहित चार जना पक्राउ


काठमाडौँ । नेपाल प्रहरीले लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँले पत्रकार सम्मेलन गर्दै बचतकर्ताहरूको बचत ठगी गरेको आरोपमा लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० सानुराम भट्टराईले ललितपुरमा लालीगुराँस सहकारी संस्था खोली सर्वसाधारणलाई आकर्षक ब्याज दिने आशा देखाई बचतकर्ताको निक्षेप अपचलन गरी ठगी गरेको आरोपमा संस्थाका अध्यक्षसहित अन्य चार जनालाई काठमाडौँबाट पक्राउ गरिएको बताए ।

उनले पक्राउ पर्नेहरूमा लाली गुराँस सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ,सहकारीका कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी,सहकारीका कोषाध्यक्ष अमृतकुमार अर्याल र सहकारीका सञ्चालक सदस्य कदमबाबा जोशी प्रधानलाई पक्राउ गरिएको बताए । प्रमुख भट्टराईले लालीगुराँस सहकारी संस्थाका सञ्चालक र लेखा समिति विरुद्ध ३ करोड रकम ठगी गरेको जाहेरी परेको बताए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्