फ्रान्सको निर्वाचनमा आरएन अगाडि, राष्ट्रपति म्याक्रोँको दल तेस्रो स्थानमा – Janadesh Daily | ePaper

फ्रान्सको निर्वाचनमा आरएन अगाडि, राष्ट्रपति म्याक्रोँको दल तेस्रो स्थानमा


फ्रान्समा पहिलो चरणको विधायिकी निर्वाचनमा विजय हासिल गरेपछि फ्रान्सको अति दक्षिणपन्थीले आइतबार सरकार गठन गर्ने र प्रधानमन्त्री पदको दाबी गर्ने ऐतिहासिक अवसरको खोजी गरिरहेका छन् ।

प्रमुख फ्रान्सेली मतदान फर्मको अनुमानअनुसार आरएनले ३३ देखि ३३ प्रतिशत मत प्राप्त गरेको छ भने वामपन्थी न्यू पपुलर फ्रन्ट गठबन्धनले २८ प्रतिशत र म्याक्रोँको मध्यमार्गी खेमाले २१ प्रतिशत मत प्राप्त गरेको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँको मध्यमार्गी शक्तिले मात्र तेस्रो स्थानमा चित्त बुझाउनुपरेपछि ७ जुलाईमा हुने दोस्रो चरणको निर्वाचनमा देशलाई वर्वादीबाट जोगाउन आफ्नो दललाई मतदान गर्न राष्ट्रपति म्याक्रोँसहितका नेताले निर्वाचन अभियानलाई सशक्त बनाउने बताएका छन् । तर, निर्वाचनका लागि मात्र एक हप्ताको समय रहेको छ ।

मा विपक्षी नेशनल र्‍याली (आरएन) पार्टी मरिन ले पेनले नयाँ नेसनल एसेम्बलीमा पूर्ण बहुमत प्राप्त गर्नेछ वा गर्दैन भन्ने स्पष्ट भइसकेको छैन । ले पेनका समर्थक २८ वर्षीय जोर्डन बर्डेलालाई प्रधानमन्त्री बन्न र सत्ता सम्हाल्ने निश्चित हुन आरएनलाई अहिलेकोभन्दा निकै धेरै मतको आवश्यकता पर्नेछ ।

यसै महिना युरोपेली संसदको चुनावमा आरएनले आफ्नो मध्यमार्गी शक्तिलाई पराजित गरेपछि म्याक्रोनले मध्यावधि चुनावको आह्वान गरेका थिए । निर्वाचनमा जाने राष्ट्रपति म्याक्रोँको निर्णयले उनका केही सहयोगीसमेतलाई चकित पारेको थियो ।

निर्वाचन घोषणाले म्याक्रोँलाई आफैंमाथि मार पर्ने जोखिम देखिएको छ । पहिलो चरणको निर्वाचन परिणाम नउल्टिएमा यसले राष्ट्रपतिलाई आफ्नो कार्यकालको बाँकी तीन वर्षका लागि निकै कम शक्तिशाली व्यक्ति बनाउनेछ ।
फ्रान्समा पहिलो चरणको विधायिकी निर्वाचनमा विजय हासिल गरेपछि फ्रान्सको अति दक्षिणपन्थीले आइतबार सरकार गठन गर्ने र प्रधानमन्त्री पदको दाबी गर्ने ऐतिहासिक अवसरको खोजी गरिरहेका छन् ।

प्रमुख फ्रान्सेली मतदान फर्मको अनुमानअनुसार आरएनले ३३ देखि ३३ प्रतिशत मत प्राप्त गरेको छ भने वामपन्थी न्यू पपुलर फ्रन्ट गठबन्धनले २८ प्रतिशत र म्याक्रोँको मध्यमार्गी खेमाले २१ प्रतिशत मत प्राप्त गरेको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँको मध्यमार्गी शक्तिले मात्र तेस्रो स्थानमा चित्त बुझाउनुपरेपछि ७ जुलाईमा हुने दोस्रो चरणको निर्वाचनमा देशलाई वर्वादीबाट जोगाउन आफ्नो दललाई मतदान गर्न राष्ट्रपति म्याक्रोँसहितका नेताले निर्वाचन अभियानलाई सशक्त बनाउने बताएका छन् । तर, निर्वाचनका लागि मात्र एक हप्ताको समय रहेको छ ।

मा विपक्षी नेशनल र्‍याली ९आरएन० पार्टी मरिन ले पेनले नयाँ नेसनल एसेम्बलीमा पूर्ण बहुमत प्राप्त गर्नेछ वा गर्दैन भन्ने स्पष्ट भइसकेको छैन । ले पेनका समर्थक २८ वर्षीय जोर्डन बर्डेलालाई प्रधानमन्त्री बन्न र सत्ता सम्हाल्ने निश्चित हुन आरएनलाई अहिलेकोभन्दा निकै धेरै मतको आवश्यकता पर्नेछ ।

यसै महिना युरोपेली संसदको चुनावमा आरएनले आफ्नो मध्यमार्गी शक्तिलाई पराजित गरेपछि म्याक्रोनले मध्यावधि चुनावको आह्वान गरेका थिए । निर्वाचनमा जाने राष्ट्रपति म्याक्रोँको निर्णयले उनका केही सहयोगीसमेतलाई चकित पारेको थियो ।

निर्वाचन घोषणाले म्याक्रोँलाई आफैंमाथि मार पर्ने जोखिम देखिएको छ । पहिलो चरणको निर्वाचन परिणाम नउल्टिएमा यसले राष्ट्रपतिलाई आफ्नो कार्यकालको बाँकी तीन वर्षका लागि निकै कम शक्तिशाली व्यक्ति बनाउनेछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्