दक्षिण अफ्रिकी राष्ट्रपति रामाफोसाद्वारा गठबन्धन सरकार गठनको घोषणा – Janadesh Daily | ePaper

दक्षिण अफ्रिकी राष्ट्रपति रामाफोसाद्वारा गठबन्धन सरकार गठनको घोषणा


दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले विभिन्न राजनीतिक दलका मन्त्रीसम्मिलित नयाँ राष्ट्रिय कार्यकारी मन्त्रिमण्डलको घोषणा गरेका छन् ।

प्रमुख विपक्षी दलले थप मन्त्री पदको माग गरेपछि लामो वार्ता लगभग असफल भएको अनुमान भइरहेका समय राष्ट्रपति रामाफोसाले अन्ततः लामो समयदेखि प्रतिक्षा गरिएको संयुक्त सरकार गठन प्रस्तावको घोषणा गरेका हुन् ।

गत १९ जुनमा रामाफोसाले आफ्नो दोस्रो कार्यकालका लागि शपथ लिएको एक साताभन्दा बढी समयपछि यो घोषणा गरिएको हो । निर्वाचन उनको दल अफ्रिकन नेशनल कङ्ग्रेस एएनसीले सरकार गठनका लागि आवश्यक बहुमत ल्याउन असफल भएपछि एएनसीले तीन दशकमा पहिलोपटक सत्ता साझेदारी गर्न बाध्य भएको छ ।

एएनसीले डेमोक्र्याटिक एलायन्स डीए, इन्काथा फ्रिडम पार्टी, अजानियाको पान अफ्रिकनिस्ट काङ्ग्रेसजस्ता १० विपक्षी पार्टी मिलेर संयुक्त सरकारको गठन भएको हो ।

रामाफोसाले अबेर राति टेलिभिजनमा सम्बोधन गर्दै अर्थतन्त्र र सरकारको स्थायित्व नयाँ मन्त्रिमण्डलका लागि सबैभन्दा ठूलो चिन्ताको विषय हुने बताएका थिए ।

‘आगामी सरकारले तीव्र, समावेशी र दिगो आर्थिक वृद्धि र गरिबी र असमानताको सामना गर्दै न्यायपूर्ण समाजको निर्माणलाई प्राथमिकता दिनेछ,’ राष्ट्रपति रामाफोसाले नयाँ सरकारमा मन्त्रिमण्डलको घोषणा गर्दै भने ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्