१६ अंकले बढ्यो नेप्से, कारोबार भने खुम्चियो – Janadesh Daily | ePaper

१६ अंकले बढ्यो नेप्से, कारोबार भने खुम्चियो


काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से १६.२९ अंकले बढेर दुई हजार ०५३.३८ विन्दुमा पुगेको छ ।

बैंकिङ २१, विकास बैंक ५२, होटल तथा पर्यटन ४२, हाइड्रोपावर १५, माइक्रोफाइनान्स १४, जीवन बीमा ५२, निर्जीवन बीमा ५१, व्यापार ४ र अन्य उपसमूह ३ अंकले बढेको छ । त्यस्तै, उत्पादन १३ र फाइनान्स उपसमूह २० अंकले घटेको छ ।

आज हिमालयन विकास उर्जा कम्पनीको सेयर सबैभन्दा धेरै ९.७४ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज नेपाल फाइनान्स लिमिटेडको सेयर १० प्रतिशतले घटेको छ ।

यस दिन ३२३ कम्पनीको ७१ लाख कित्ता सेयर २ अर्ब ९९ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्