राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता – Janadesh Daily | ePaper

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता


राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति कार्यालयमा आज अपरान्ह भएको भेटमा प्रधानमन्त्री दाहालले मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिएको राष्ट्रपतिका सञ्चारविज्ञ किरण पोखरेलले जानकारी दिए ।

सङ्घीय संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच सोमबार राति संविधान संशोधनलगायत विषयलाई निष्कर्षमा पुर्‍याउन सरकार सञ्चालनमा साझेदारी गर्ने सहमति भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्