४७ अंकले बढ्यो नेप्से, सबै उपसमूहमा हरियाली – Janadesh Daily | ePaper

४७ अंकले बढ्यो नेप्से, सबै उपसमूहमा हरियाली


काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से ४७.०४ अंकले बढेर दुई हजार १००.४३ विन्दुमा पुगेको छ ।

बैंकिङ ३३, विकास बैंक ८१, फाइनान्स ५०, होटल तथा पर्यटन ५७, हाइड्रोपावर ४६, माइक्रोफाइनान्स ६५, जीवन बीमा २१३, निर्जीवन बीमा २५३, व्यापार ८८, अन्य २७ र उत्पादन २०९ अंकले बढेको छ ।

आज हिमालयन डीस्टिलरीको सेयर सबैभन्दा धेरै ८.५४ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज उपकार लघुवित्त वित्तिय संस्थाको सेयर झण्डै साढे ६ प्रतिशतले घटेको छ ।

यस दिन ३१५ कम्पनीको एक करोड १६ लाख कित्ता सेयर ४ अर्ब ५७करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्