रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं : रास्वपा महामन्त्री ढकाल – Janadesh Daily | ePaper

रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं : रास्वपा महामन्त्री ढकाल


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक अहिले केन्द्रीय कार्यालय बालाजुमा जारी छ । बैठकमा रास्वपा केन्द्रीय समितिको बैठकमा  महामन्त्री डा. मुकुल ढकालको बहुचर्चित प्रतिवेदन पेश भएको छ। त्यसमाथि अहिले छलफल भइरहेको छ ।

तर, पार्टी सभापति रवि लामिछानेले बैठकमा आफ्नो लिखित प्रस्ताव तयार पारिए पनि पेश गर्ने अनुमति दिएको बताएका थिए । पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेश गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिएपनि आज सभापतिले रोकेको आरोप लगाएका थिए । तर, प्रतिवेदनमाथि छलफल सकिएपछि यो प्रस्तामाथि छलफल हुने जनाइएको छ ।

उनले आफ्नो प्रतिवेदन सार्वजनिक गर्न र बैठक लाइभ गर्नुपर्ने माग राख्दै आज कालो टेप मुखमा बाँधेर पुगेका थिए । सभापतिले रोकेको भनिएको प्रस्तावमा सार्वजनिकरूपमा नै पार्टी निर्माणको प्रक्रिया जनतामा प्रस्तुत गर्नुपर्ने उल्लेख गरेका छन् ।

प्रस्तावमा भनिएको छ, ‘गुप्तबास नबस्ने, अब सबै प्रक्रिया लाइभ गरौँ भन्नुहुन्छ भने पनि म तयार छु । तर, त्यस बासले निर्धारण गरोस्, अब के लाइभ गर्ने , के नगर्ने रु यसको विधि के ? गुप्तबास बस्ने भए पनि बसौं, खुल्लाबास बस्ने भए पनि बसौं । पार्टीका लागि एक पटक घोत्लिएर सँगै बसौं । सार्वजनिक रूपमा नै पार्टी निर्माणको प्रक्रिया जनतामा प्रस्तुत गरौं ।’

बौद्धिक नागरिक समाजको सहयोग खुलेर नै लिएर पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनुपर्ने भनेका छन् ।

प्रस्तावमा उल्लेख छ, ‘आजका दिनसम्म पार्टीको सर्वोच्च निकाय केन्द्रीय समिति नै भएकाले, यही केन्द्रीय समितिले निर्णय गरिदेओस्, आगामी कार्यदिशा निर्माणका लागी हामी घोटिऔं । आशाको दियोलाई फेरि बालौं । राष्ट्रिय स्वतन्त्र पार्टीलाई अबको १०० दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं, रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पनि रवि लामिछानेलाई नै बनाऔं तर पार्टीलाई रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्