३ अंकले बढ्यो नेप्से, ५ अर्बको कारोबार – Janadesh Daily | ePaper

३ अंकले बढ्यो नेप्से, ५ अर्बको कारोबार


काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से ३.७९ अंकले बढेर दुई हजार १०४.२२ विन्दुमा पुगेको छ ।

बैंकिङ ७, विकास बैंक १११, फाइनान्स १४८ र व्यापार उपसमूह १७८ अंकले बढेको छ । त्यस्तै, होटल तथा पर्यटन १०, हाइड्रोपावर १७, माइक्रोफाइनान्स ६, जीवन बीमा २५, निर्जीवन बीमा २५, अन्य १० र उत्पादन ७० अंकले घटेको छ ।

आज सेन्ट्रल फाइनान्स र आईसीएफसी फाइनान्सको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज चिरख्वा हाइड्रोपावरको सेयर साढे चार प्रतिशत भन्दा धेरैले घटेको छ ।

यस दिन ३१४ कम्पनीको एक करोड ७१ लाख कित्ता सेयर ५ अर्ब ८ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्