राजीनामा नदिई बालुवाटारबाट फर्किए रास्वपाका मन्त्री, प्रधानमन्त्रीलाई साथ दिने – Janadesh Daily | ePaper

राजीनामा नदिई बालुवाटारबाट फर्किए रास्वपाका मन्त्री, प्रधानमन्त्रीलाई साथ दिने


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले आज राजीनामा दिने तयारी गरे पनि अन्ततः राजीनामा नदिएरै बालुवाटरबाट फर्किएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरू राजीनामा नदिई फर्किएका हुन् ।

राजीनामा दिन बालुवाटार पुगेका मन्त्रीहरू प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफल पछि राजीनामा नदिएर फर्किएका छन् । प्रधानमन्त्री दाहालले आफूले संसदबाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि मन्त्रीहरू राजीनामा नदिएर फर्किएको बताइएको छ ।

सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । यस्तै, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।

बुधबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै मन्त्रीहरूले पनि सामूहिक राजीनामा बुझाएका थिए । नेकपा एमालेले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि प्रचण्ड सरकार अल्पमतमा परेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्