इजरायल र अमेरिकाविरुद्ध लेबनानलाई सघाउन इराकी लडाकू तयार – Janadesh Daily | ePaper

इजरायल र अमेरिकाविरुद्ध लेबनानलाई सघाउन इराकी लडाकू तयार


गाजा युद्ध लेबनानमा फैलिने खतरा बढ्दै जाँदा इराकी लडाकू समूहले इजरायल र संयुक्त राज्य अमेरिकाविरुद्ध लडाइँ गर्न तयार रहेको जनाएको छ ।

इराकमा तथाकथित इस्लामिक प्रतिरोधका एक फिल्ड कमान्डरले लेबनानमा युद्धको स्थितिमा वृद्धि हुने बताए । एएफपीसँग कुरा गर्दै ती कमान्डरले इरान समर्थित समूहले लेबनानमा विशेषज्ञ र सल्लाहकार पठाएको बताए ।

इराकी राजनीतिक वैज्ञानिक अली अल–बैदारले यदि इजरायल र लेबनानको हिजबुल्लाह लडाकू समूहबीच ठूलो युद्ध भयो भने द्वन्द्व लेबनानको क्षेत्रमा मात्र सीमित नहुने चेतावनी दिए ।

‘इराक र यसका सशस्त्र समूहहरू द्वन्द्वमा प्रवेश गर्नेछन् । उनीहरू आफ्ना सहयोगीहरूप्रति क्षमता मात्र नभइ आफ्नो वफादारी पनि देखाउन चाहन्छन्,’ उनले भने ।

हालैका हप्ताहरूमा इराकमा इस्लामिक प्रतिरोधले हुथीहरूसँगको सहकार्यमा इजरायलविरुद्ध ड्रोन हमलाको जिम्मेवारी लिएको छ ।

इजरायली सेनाले आक्रमणकारीको नाम उल्लेख नगरी अप्रिलदेखि पूर्वबाट थुप्रै हवाई आक्रमणहरू भएको तर ती सबैलाई यसको हवाई क्षेत्रमा प्रवेश गर्नुअघि रोकिएको पुष्टि गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्