नेकपा एसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने – Janadesh Daily | ePaper

नेकपा एसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने


नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । एस महासचिव घनश्याम भुसालले प्रधानमन्त्री प्रचण्डले सरकार नछाडेसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताएका हुन् ।

बिहीबार पार्टीको महाधिवेशनस्थल प्रज्ञा भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै भुसालले प्रधानमन्त्रीले सदनमा विश्वासको मत लिए पक्षमा मतदान गर्ने बताएका हुन् । विश्वासको मत लिने वा नलिने अधिकार प्रधानमन्त्रीलाई रहेको भन्दै उनले सदनमा विश्वासको मत लिए पक्षमा मतदान गर्ने बताएका हुन् ।

कांग्रेस–एमालेबीचको सहमतिलाई सतर्कताका साथ हेरिरहेको भन्दै उनले संविधान संशोधनको मुद्दा स्पष्ट रूपमा बाहिर आए पार्टीमा छलफल गर्ने बताए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्