सूचना प्रबिधि दिवसमा राहत हस्तान्तरण र रक्तदान – Janadesh Daily | ePaper

सूचना प्रबिधि दिवसमा राहत हस्तान्तरण र रक्तदान


जनादेशडेली संबाददाता । राष्ट्रिय सूचना तथा सञ्चार प्रबिधि दिवस २०७७ को अवसरमा कम्प्युटर एसोशियन नेपाल महासंघ दाङले लकडाउनबाट प्रभावित बिपन्न नागरिकलाई राहत दिन सहयोग गरेको छ ।

महासंघले घोराही उपमहानगरपालिकालाई सो सहयोग हस्तान्तरण गरेको छ । महासंघका केन्द्रीय उपाध्यक्ष रेशम गिरी, केन्द्रीय लेखा आयोग सदस्य भीमसेन गिरी, प्रदेश उपाध्यक्ष कृष्ण ओली, जिल्ला अध्यक्ष कर्णबहादुर पुनलगायतले घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीलाई सहयोग हस्तान्तरण गर्नुभएको हो ।

क्यान महासंघ दाङले चामल २५ बोरा, दाल २५ केजी र नून ५० केजी सहयोग गरेको छ । एकद्वार प्रणलीबाट राहत वितरण गर्न सहज होस् र लकडाउनका कारण छाकबास बसेका परिवारलाई सहज होस् भनेर घोराही उपमहानगरपालिकामार्फत सहयोग गरिएको क्यान महासंघ दाङले जनाएको छ ।


त्यस्तै सूचना प्रबिधि दिवसको अवसरमा क्यान महासंघ दाङले तेरौटे बृद्धाश्रममा फलफूल, विस्कुट र ग्लुकोज वितरण गरेको छ ।

त्यस्तै सूचना प्रबिधि दिवसको अवसरमा क्यान महासंघ दाङले रक्तदान पनि गरेको छ । सो क्रममा भीमसेन गिरी, कर्णबहादुर पुन, पवन अधिकारी, शालिकराम खनाल र भेषराज भण्डारीले रक्तदान गर्नुभएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्