भारतमा भवनको पर्खाल भत्किँदा ९ जना बालबालिकाको मृत्यु – Janadesh Daily | ePaper

भारतमा भवनको पर्खाल भत्किँदा ९ जना बालबालिकाको मृत्यु


भारत मध्य प्रदेश सागर जिल्लाको शाहपुरमा मुसलधारे वर्षापछि मन्दिर परिसरको जर्जर भवनको एकापट्टिको पर्खाल भत्किएर किचिँदा नौ जना बालबालिकाको मृत्यु भएको छ। लगातारको वर्षाका कारण पर्खाल भत्किएर सो यो दुर्घटना भएको हो।

घटना आज बिहान साढे आठ बजे भएको बताइएको छ। घटनाको जानकारी पाउनासाथ नगर प्रशासन र नगरपालिकाको टोलीले घटनास्थलमा पुगेर सर्वसाधारणको सहयोगमा भग्नावशेष हटाएका थिए।

घटनाको समयमा ती बालबालिका मन्दिर परिसरमा रहेको टेन्टमा खेलिरहेका थिए। दुई बालबालिकाको घटनास्थलमै मृत्यु भएको थियो भने बाँकी बालबालिकाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।

मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादवले सामाजिक सञ्जालमा ट्विट गर्दै यस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडितका परिवारलाई चार(चार लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्