कोरोना भाइरसः आउन नदिन उत्तर कोरिया ‘सफल’ भएको किम जङ-अनको दाबी – Janadesh Daily | ePaper

कोरोना भाइरसः आउन नदिन उत्तर कोरिया ‘सफल’ भएको किम जङ-अनको दाबी


एजेन्सी । उत्तर कोरियाली नेता किम जङ-अनले कोभिड-१९ विरुद्ध आफ्नो देशले प्राप्त गरेको ‘सफलता’ को प्रशंसा गरेको राज्य नियन्त्रित समाचारसंस्था केसीएनएले जनाएको छ।

पार्टीको पोलिटब्यूरो बैठकमा बोल्दै किमले उत्तर कोरियाले “घातक भाइरसको प्रवाहलाई रोक्न सकेको र स्थिर अवस्था कायम गरेको” बताएका हुन्।

कोरोनाभाइरस संसारभरि फैलिरहेको बेला छ महिनाअघि उत्तर कोरियाले आफ्नो सीमा बन्द गर्दै हजारौँ मानिसलाई क्वारन्टीनमा राखेको थियो।

उत्तर कोरियाले आफ्नो देशमा कोरोनाभाइरस सङ्क्रमण नभएको दाबी गरेको छ। तर विश्लेषकहरू यो असम्भव भएको मान्छन्।

किमले बिहीवार पोलिटब्यूरो बैठकमा “महामारीविरुद्धको छ महिना लामो राष्ट्रिय सङ्कटकालीन कामको विस्तृत विश्लेषण” गरेको बताइएको छ।

उनले “पार्टीको केन्द्रीय समितिको दूरदर्शी नेतृत्वले” कोरोनाभाइरसलाई नियन्त्रण गर्न सफल भएको बताएको उल्लेख गरिएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्