बीमा गर्नेको संख्या ह्वात्तै बढ्यो – Janadesh Daily | ePaper

बीमा गर्नेको संख्या ह्वात्तै बढ्यो


जनादेश, काठमाण्डौ ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कोरोना बीमा गर्नेको संख्या पनि बढेको छ ।संक्रमितको ग्राफ उकालो लाग्दै गर्दा कोरोना त्रासमा रहेकाले धमाधम कोरोना बीमा गर्न थालेपछि बीमा गर्नेको संख्या साढे सात लाख पुगेको छ ।

बीमा समितिका अनुसार कोरोना बीमाबाट ४२ करोड प्रिमियम संकलन भएको छ भने दाबीका लागि आउनेको संख्या पनि दुई सय ६० भन्दा माथि लागेको छ ।

सुरुवातमा खासै आकर्षण नदेखिएको कारोना बीमा पछिल्लो समय लोकप्रिय बनिरहेको भन्दै समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले यसले सर्वसाधारणमा बीमा गर्नुपर्छ भन्ने सन्देश दिएको बताउनुभयो ।

वैशाख७ देखि सुरु भएको कोरोना बीमा कार्यक्रमले सुरुवातमा खासै उचाइ लिन नसके पनि चार महिनाको अवधिमा संख्या उल्लेख्य बढेको हो ।समितिको असार महिनाको तथ्यांक अनुसार वैदेशिक रोजगारसहित २७ प्रतिशत जनतामा बीमा पुगेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्