वाग्मती प्रदेशमा २९ को मृत्यु – Janadesh Daily | ePaper

वाग्मती प्रदेशमा २९ को मृत्यु


जनादेश, काठमाण्डौ:

विश्वव्यापीरूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण वाग्मती प्रदेशमा हालसम्म २९ जनाको मृत्यु भइसकेको छ ।

मकवानपुरको हेटौँडामा पनि एक महिला र दुई पुुुरुषसहित तीन जनाको उक्त सङ्क्रमणबाट मृत्युु भइसकेको बताइएको छ ।

मकवानपुरमा हालसम्म सङ्क्रमितको सङ्ख्या २६० पुगेको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार वाग्मती प्रदेशमा हालसम्म चार हजार ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखापरेको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले कोरोना जनसमुदायमा फैलिन थालेपछि यही भदौ ९ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको बताएकाछन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्