बन्दुकसहित बाबुछोरा पक्राउ – Janadesh Daily | ePaper

बन्दुकसहित बाबुछोरा पक्राउ


जनादेश, कलैया:

निजगढ नगरपालिका—१ पिपलटारस्थित धन्सार खोलाबाट प्रहरीले दुई थान भरुवा बन्दुकसहित बाबुछोरालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ५७ वर्षीय प्रेम बहादुर स्याङतान र ३३ वर्षीय जनक बहादुर स्याङतान रहेका छन् ।

विशेष सूचनाको अधारमा इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकास थपलिया र अस्थायी प्रहरी चौकी भरतगंज सिंगौलका प्रहरी सहायक निरीक्षक गजेन्द्र चौधरीको नेतृत्वमा खटिएको प्रहरीले शुक्रबार राति दुबै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट दुई थान लोड भएको भरुवा बन्दुक, उक्त बन्दुकमा प्रयोग हुने ३५ थान छर्रा, सात थान फलामको टुक्रा र बारुद बरामद गरेको प्रहरी निरीक्षक थपलियाले बताउनुभयो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्