जीमेल, गुगल ड्राइभसहित गुगलका अन्य सेवा ‘ग्लोबल’ प्रभावित – Janadesh Daily | ePaper

जीमेल, गुगल ड्राइभसहित गुगलका अन्य सेवा ‘ग्लोबल’ प्रभावित


जनादेश, काठमाण्डौः

गुगलको इमेलसहितका अन्य सेवा प्रभावित भएको छ । प्रभावले विश्वभरिका गुगल प्रयोगकर्ताले समस्या महसुस गरेका छन् ।
प्रयोगकर्ताले सामाजिक सञ्जालमा गुगलको सेवामा आएको समस्याबारे टिप्पणी गरेका छन् । प्रयोगकर्ताका अनुसार जीमेल भएर फाइल पठाउन समस्या देखिएको छ ।

फाइल संलग्न गर्दा लामो समय लाग्ने, संलग्न नहुने र धेरै समयसम्म पर्खेपनि असफल हुने समस्या देखिएको छ । बिहान ११ बजेदेखि उक्त समस्या पहिचान गरिएको छ ।

उक्त समस्या विश्वभरि अवलोकन गरिएको छ । तर कतिपय प्रयोगकर्ताले भने आफूले प्रयोग गर्दा कुनै समस्या भोग्नु नपरेको दाबी गरेका छन् । कोभिड–१९ को प्रकोपका बीच अधिकांश राष्ट्रमा कार्यालयले कर्मचारीलाई घरबाटै काम गर्ने अनुमति दिएको छ ।

यस्तोमा सन्देश आदानप्रदानको सबैभन्दा उपयुक्त र भरपर्दो माध्यम जीमेलमा आएको समस्याले काम नराम्ररी प्रभाबित भएको प्रयोगकर्ताले गुनासो गरेका छन् ।

समस्याबारे सम्बोधन गर्दै गुगलले अनुसन्धान गरिरहेको आजै अपरान्ह दुई बजेसम्म समस्याबारे अवगत् गराउने जनाएको छ । समस्या पहिचान गरेर समाधान हुने भए तात्कालै पुरानै अवस्थामा फर्किने गुगलले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्