स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार, कारवाही गर्न माग – Janadesh Daily | ePaper

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार, कारवाही गर्न माग


काठमाडौँ ।

साझा पार्टीले कोरोना भाइरसको सङ्क्रमण दिनानुदिन बढ्दै जाँदा काठमाडौँसहित देशका विभिन्न स्थानमा पछिल्ला समयमा चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

सो पार्टीले आज एक विज्ञप्ति मार्फत हालको जनस्वास्थ्य सङ्कटको समयमा पर्याप्त सेवा सुविधाको अभावमा समेत अहोरात्र बिरामीको सेवामा खटिईरहेका स्वास्थ्यकर्मीको उच्च सम्मान गरिनुपर्नेमा उल्टै छरछिमेकबाट सामाजिक विभेद तथा दुव्र्यवहार हुनु अमानवीय र आपराधिक व्यवहार भएको जनाएको छ ।

विपद्को यस घडीमा उच्चतम मानवीय संवेदना प्रदर्शन गर्दै समाजको हरेक अर्को सदस्यको कठिनाईमा सक्दो सहयोग गर्नु र चिकित्सकसहित सबै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकहरूलाई प्रोत्साहन गर्नु हरेक नागरिकको कर्तव्य भएको सहप्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सबै नागरिकले त्यसो गरेमा मात्र कोभिड–१९ विरुद्धको साझा लडाईँ केही सहज हुने सो पार्टीले जनाएको छ ।

स्वास्थ्यकर्मी तथा कोरोना संक्रमित व्यक्तिमाथि अनावश्यक आशंकाका आधारमा दुव्र्यवहार र भेदभावजन्य कृयाकलाप कसैले गरेमा त्यस्ता व्यक्ति वा समूहमाथि तत्काल कानूनी कारवाही सुनिश्चित गर्न सरकारसँग माग गएिको छ । साथै देशभरका स्वास्थ्यकर्मीहरूले सुरक्षित र सम्मानित महसुस गर्ने अवस्था बनाईराख्न आवश्यक भूमिका खेल्न साझा पार्टीले सबैलाई अपील गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्