नवलपरासीमा एकै दिन २९ कोरोना संक्रमित – Janadesh Daily | ePaper

नवलपरासीमा एकै दिन २९ कोरोना संक्रमित


नवलपरासी ।

जिल्लामा आज एकै दिन पाँच स्वास्थ्यकर्मीसहित २९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम ) का प्रमुख गौरव ढकालका अनुसार आज प्राप्त प्रतिवेदनअनुसार थप २९ जनामा कोरोना पुष्टि भएको हो ।

तीमध्ये पाँच स्वास्थ्यकर्मी, एक जनप्रतिनिधि, केही पाल्हीनन्दन गाउँपालिकाका कर्मचारी र अन्य विभिन्न व्यक्ति छन् ।

परासीस्थित पृथ्वीचन्द्र अस्पताल परासीमा कार्यरत तीन चिकित्सकसहित चार स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि गर्भवतीबाहेकका अन्य सबै खाले बिरामीलाई सेवा बन्द गरिएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा मोहम्मद नुरुल होदाले जानकारी दिनुभयो ।

यसैगरी पाल्हीनन्दन गाउँपालीकाका जनप्रतिनिधि, एक स्वास्थ्यकर्मी र केही कर्मचारीसहित २५ जना छन् ।

जिल्लामा कोरोना भाइससको संक्रमण बढ्दै गएपछि तत्कालै कन्टयाक ट्रेसिङलाई प्राथमिकता दिइने प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए । जिल्लामा हालसम्म कोरोना संक्रमित १७२ पुगेका छन् । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्