स्वास्थ्य मन्त्रालयको चिकित्सकमा कोरोना संक्रमण – Janadesh Daily | ePaper

स्वास्थ्य मन्त्रालयको चिकित्सकमा कोरोना संक्रमण


जनादेश, काठमाण्डौ ।

स्वास्थ्य मन्त्रालयको हेल्थ इमरजेन्सी अपरेसन सेन्टर (एचईओसी)मा प्राविधिक सहयोगका लागि खटिएका विश्व स्वास्थ्य संगठनका एक जना चिकित्सकमा कोरोना भाइरस (कोभिड – १९)को संक्रमण देखिएको छ ।

आइतबार आएको पीसीआर परीक्षणको रिपोर्टमा उनमा कोभिड -१९को संक्रमण देखिएको हो । उनमा संक्रमण देखिएपछि एचईओसीमा रहेर काम गर्ने मन्त्रालयका सहायक प्रवक्ता डा समिरकुमार अधिकारीसहित दर्जन बढी स्वास्थ्यकर्मी क्वारेन्टिनमा बसेका छन् ।

कोभिड – १९ नियन्त्रणका लागि मन्त्रालयले गठन गरेको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस)का प्रमुख डा गुणराज लोहनीले प्राविधिक सहयोग गर्न विश्व स्वास्थ्य संगठनको तर्फबाट खटिएका एक जना चिकित्सकमा कोरोना संक्रमण भएको पुष्टि गरे ।

उनले संक्रमणपछि प्राइमरी कन्ट्याक्टमा रहेका एचईओसीको भवनमा रहेर काम गर्ने करीब दर्जन बढी स्वास्थ्यकर्मी क्वारेन्टिनमा बसेको बताए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्