कर्णाली प्रदेश प्रमुख सचिव विहीन – Janadesh Daily | ePaper

कर्णाली प्रदेश प्रमुख सचिव विहीन


जनादेश, काठमाण्डौ ।

विगत एक महिना देखि कर्णाली प्रदेश प्रमुख सचिव बिहिन भएकोछ । प्रदेश नै प्रमुख सचिव विहिन भएपछि निर्णय प्रकृया र सार्वजनिक सेवा प्रवाहमा ठुलो असर परेकोमा सेवाग्राहीको गुनासोछ ।

कर्णालीका प्रमुख सचिव टेकनारायण पाण्डेलाई गत ५ साउनमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा ल्याए पछि पाण्डेको ठाउँमा अहिलेसम्म कसैलाई पठाइएको छैन ।

प्रधानमन्त्री कार्यालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय गरी दुई सचिव पद रिक्त रहँदा सिंहदरबारमा तीनजना सचिवलाई भने जिम्मेवारविहीन बनाएर राखिएको छ ।

सचिवहरू केदार न्यौपाने, मधु मरासनी र वीरबहादुर राईलाई जिम्मेवारीविहीन राखिएको हो । अतिरिक्त समूहमा रहेका उनीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हाजिर गर्दै आएको मन्त्रालय स्रोतले बताएकोछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्