कालीगण्डकीमा हामफालेर युवक बेपत्ता – Janadesh Daily | ePaper

कालीगण्डकीमा हामफालेर युवक बेपत्ता


जनादेश, नवलपरासी ।

पूर्वी नवलपरासीको झोलुङ्गे पुलबाट कालीगण्डकीमा हामफालेर एक युवक बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा बौदिकाली गाउंपालिका वडा नं. २ निवासी ३० वर्षीय कृष्ण खनाल रहेको जिप्रका पूर्वी नवलपरासीले जनाएको छ ।
तनहू र नवलपरासी पूर्व जोड्ने बौदीकालीकै पालीघाटको झोलुड।गे पुलबाट आईतबार दिउसो एक एक हामफालेका थिए ।

खनाललाई स्थानीय र प्रहरीले नदी क्षेत्रमा खोजतलास जारी राखे पनि हाल सम्म फेलापार्न नसकेको जिप्रका नवलपरासी पूर्वका प्रवक्ता प्रनाउ मोहन बहादुर खांणले बताउनु भयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्